मुक्तक
1
डिलमा लेखेको नाम भुल्न सक्दिन नी मेले
दोकेबाज जसरी अन्त फुल्न सक्दिन नी मैले
तिमीले गलत नजरले कहिले नहेरे है मलाई
तिमी बाहेक अन्त कतै डुल्न सक्दिन नी मैले
2
अति भयो त हेला बाँच्दैन म अब
जिन्दगीमा आशा राख्दैन म अब
देख्न भोक्न जति थियो भोकीसके
जिन्दगीको लैलैमा लाग्दैन म अब
3
कोर्छौं चित्र देखाउँछौ चरित्र
बारबार खोट के छ म भित्र
कहा छन ति चरित्र देखाउने
तिमीले कोरेका अनेक चित्र
4
कठै भनौं आफ्नै मुटुमा चोट लागेको छ
मुटु पनि छहरीकै भरमा ओट् लागेको छ
तिमी प्रेमको विरंग्ण देखाउँछौ प्रेम गर्न
यहाँ आफ्नै अनुहारमा खोट लागेको छ
5
धोकेबाज रहेछि सबैको नजरमा फुल्ने गर्थी उ
फूलमा भमरा दुले जस्तै सबैसँग डुल्ने गर्थी उ
विश्वासले रानी बनाएर डिलमा सजायको थिए
जब कोई हुँदैन सम्झने पाएपछि भुल्ने गर्थी उ
6
(घेरिएको, फेरिएको, बेरिएको,
गाँउघर नै झलमल बत्तीले घेरिएको हेर्ने मन् छ मेरो
टिका र मालाले अनुहार फेरिएको हेर्ने मन् छ मेरो
यो तिहारमा घर आउन पाएन दाजुभाई दिदीबहिनी
सबैको साथमा देउसीभैलो बेरिएको हेर्ने मन् छ मेरो
7
गाउँ घर झलमल बत्तीले घेरिएको हेर्ने मन छ
टिका र जमराले अनुहार फेरिएको हेर्ने मन छ
यो वर्ष घर आउन पाएन है दाजुभाई दिदीबहिनी
सबैको साथ देउसी भैलोमा बेरिएको हेर्ने मन छ
तिहारको खुसी सबै घरमा छरिएको हेर्ने मन् छ
8
पोहोर जस्तो टिका जमरामा लगाई रमाउन पाईन नी हजूर
साथी जुटेर देउसी भैलोमा मादल समाउन पाईन नी हजूर।
जसो तसो यादमा दिन काट्दै छ यो बिरानो प्रदेशमा आउन
पाएन यो तिहारमा रमाइलो जमघट जमाउन पाईन नी हजूर
9
खोलिको जस्तै दुई नदीको किनार भयो जीवन
लखरलखर वारिपारी खोज्दाखोज्दै गयो जीवन
संघर्ष गरी रहे सफल पाउन, सफल हुन सकेन
सफलता त केबल सपनामा मात्र रहयो जीवन
10
बारबार झसकझसक झस्काउँछ जिन्दगीले
बितेको कुराले सधैं मन् चस्काउँछ जिन्दगीले
बुझ्नै नसकिने कस्तो अनौठो हुन्छ जीवन पनि
दुःखका लागि त बाँच्न जस्काउँछ जिन्दगीले
11
छुरा रोपी हाँस्दै जानेलाई हाँस्दै विधाई गरीदिनु
मायामा धन हेर्नेलाई धनपैसाले झोली भरिदिनु
सोच गलत हुन सक्छ, उमेर बालापन् होइन नी
उसका लागी बारिभरी पैसाको बिरुवा छरीदिनु
12
दुःख गर्दै भए पनि फेरि भेटेर रमाउनु छ एकपटक
जसरी नी जीवन धान्ने पैसा कमाउनु छ एकपटक
साथ कति दिन्छौ? जीवन जिउन अझै बाँकी नै छ
तिम्रो काखको सिरानीमा हात समाउनु छ एकपटक
14
(थोरै रहर भन्दा धेरै बाध्यताले चल्छ यहाँ
एउटै जिन्दगीले नी पटकपटक छल्छ यहाँ
नमरुन्जेल मार्न खोज्छन मरे पछि बल्ल
मान्छेको जिन्दगी त धेरै पटक जल्छ यहाँ)
14
सुनसान अन्धकारले भरिएको छ जीवन अचेल
आफै भीत्र विचित्रता छरिएको छ जीवन अचेल
कसलाई सुनाउँ जिन्दगीको कथा बुझ्ने कोई
नभएर त दोधारमा परिएको छ जीवन अचेल
15
त्यही पुरानो ठाउँमा आउने गर्छु म
आउँछु अनि एक्लै रमाउने गर्छु म
जानु थियो याद नै बोकेर जानुपर्ने
संगै रोपेको विरवा समाउने गर्छु म
16
कठै भन्दै गाला मुस्मुसाउने हातको याद आउँछ अझै
मर्ने बाँच्ने संगै भन्दै गरेको बाटको याद आउँछ अझै
तिमी पो निष्ठुरी रहेछौ,मलाई सजिलै भुलेर गयौ सानु
तिमी पारी म वारी कराएको रातको याद आउँछ अझै
17
कठै भन्दै बोलेर के गर्छौ मन जलेको छ भित्रभित्रै
सम्झेर के गर्छौ मनभरि पाप फलेको छ भित्रभित्रै
खुसी किन प्रेम गर्नु पर्छ भन्थे दुःख किन रहेछ त
सबका मनमा धनको पो आगो बलेको छ भित्रभित्रै
18
मान्छेलाई भगवान भनी पुज्नु पर्ने भयो
को कसरी चल्छ भनेर बुज्नु पर्ने भयो
दुःख कष्ट के हो? थाहा पाउँदैन मान्छे
देखाउन आँसुले अनुहार रुझ्नु पर्ने भयो
19
सबैलाई जिउन लहर बनोस जिन्दगी
हेर्नेले पनि कति राम्रो भनोस् जिन्दगी
दुःख सुख मानवको रीति नै त हो हजुर
अनुहार चम्काउने अघि हनोस् जिन्दगी
20
पैसाले दुनिया किन बने भए ।
हेरेर सजिलै चिन्न बने भए
हर कोई भ्रममा पर्ने थियन
विश्वासले सजिलै हिन् बने भए
21
कती निष्ठुरी कति स्वार्थी रहेछ मन
मीठा मिठा कुरा गर्या भूल्ने स्वार्थपन
सम्बन्ध कस्तो संग जोड्छौ तिमीले
के भनूँ अब सबै थोक भएपछि धन
22
दस्तावेज लेखेको दिन कागज चाहिदैन भनी उसले
मख्खै पार्न खुसी अन्त कतै पनि पाइँदैन भनी उसले
बरु छुट्न परे मर्छु भन्थी पहिले, बुझ्न सकेन कहिले
आज तिम्रो माया भयो मलाई चाहिदैन भनी उसले
23
चोट दिएर कठै भन्दै रूवाउनेलाई के थाहा जिन्दगी
झुट्टा बाचा कसम खुवाउनेलाई के थाहा जिन्दगी
एकपटक कसलाई जीवन दिएर हेर अनि थाहा हुन्छ
विश्वास गर्दा पनि बिष चुवाउनेलाई के थाहा जिन्दगी
24
बेकारका मान्छेहरू नामका झण्डा बोक्दै हनेका छन्
देश बेची सक्न लागे कति राम्रो मेरो देश भनेका छन्
अब त अति भएन र यो भ्रष्टाचार र फोहोरी राजनीति
कठै बरै जनता सडकमा रे नेता दरबारमा बनेका छन्
25
सुन्छु लास जलाउन गएका बाटैमा रुँदै छन् रे अझै
नमरुन्जेल कुरा काट्नेले पो तस्बिर छुदै छन् रे अझै
के रहेछ जिन्दगी बाँचुन्जेल अनेक दोष दिन्छन् किन
मरेको लासको तस्बिर खिच्ने काम हुँदै छन् रे अझै
26
तिमी बिना जिन्दगी जलाउछु भनेको मन् जलाउँदै छ
हिजो प्रेमको आभास बोल्नेले आज धनी कलाउँदै छ
जिन्दगी गरीब भएपनि देखाउन चितितै पर्नु पर्दो रहेछ
अचेल त सुन्छु की उसको मनमा धोकेबाज फलाउदै छ
27
आगो सरी यो मन बलेको छ अचेल
जिउने आशा सबै ढलेको छ अचेल
सुनाउँदा कहानी भन्छन् सबैले किन
जिन्दगी कस्तो हो गलेको छ अचेल
28
कहा कहा लाग्छ अनुहारमा खोट लुकेको छ जस्तो
कस्तो जिन्दगी पर्यो मेरो सधैं भर झुकेको छ जस्तो
बुझ्नै नसकिने कहानी छ आफूमा, अनुहारमा खुसी
मनमा पीडा अटाउने, मन भरी पीडा फुकेको छ जस्तो
29
कसैले बुझ्दैन जबर्जस्ती जिन्दगी हिदाउनु पर्छ आफै
दुःख सुख जसरी मिलाएर भएपनि भिदाउनु पर्छ आफै
हरे जिन्दगी पैसाले चल्छ, मान्छे स्वार्थमा हिँडेका छन्
भलो गर्नु बेकार भयो दुःखमा गीड गिदाउनु पर्छ आफै
30
साहस गरेर बाँच्न खोज्यो अविनाश भइदिन्छ जिन्दगी
नजिकबाट चिन्न खोज्यो झन् टाढा गइदिन्छ जिन्दगी
कहिले सुख कहिले दुःख भोक्नु पर्छ भोकेकै छु मैले
ओठमा मुस्कान ल्याउँछु दुःखले सबै लइदिन्छ जिन्दगी
31
मलाई जस्तै देशलाई माया गर्नु पर्छ हजुर
माया गर्दा गर्दै पनि दोधार पर्नु पर्छ हजुर
कहिले आउला हाम्रो देशमा राम्रो शासन
देश लुट्न छोड्दैन विदेशमै मर्नु पर्छ हजुर
32
कयौ युवा आतुर छन् देश बन्छ कहिले
भष्ट्रचारी नेताले मेरो देश भन्छ कहिले
उसलाई गफ हान्दै देश लुट्न पाए भयो
जनताले पाएको दुःखहरु गन्छ कहिले
33
देश लुट्यो भ्रष्टाचारीले कति दिनू गाली पनि उपकारमा
उही नत हो जित्ने मान्छे किन दिनु ताली पनि उपकारमा
आखिर हाम्रो पसिना विदेशमा बग्ने त हो जसले जितेपनि
किन लग्नु अब चोर नेताले दिएका थाली पनि उपकारमा है
34
पैसाले किन्न खोजिस मलाई गलत गरिस् तैंले
टाढैबाट चिन्न खोसिज मलाई गलत गरिस् तैंले
म विश्वासले हिड्ने मान्छे विश्वास तोडेर बीचमै
छोडेर हिन्न खोजिस् मलाई गलत गरिस् तैंले
35
अति भयो जिन्दगी हिसाब राख्न बाँकी छ
यो समयले दिएका चोटहरू ढाक्न बाँकी छ
कहिले खुसी पाएन जति दुःख गरे पनि अब
नफर्किने गरी स्वर्गको बाटो लाग्न बाँकी छ
36
बुढेसकाल सबै जोसजागर भाग्न थाल्यो जिन्दगी
अचेल मनले पनि मृत्यु पो ताग्न थाल्यो जिन्दगी
दिनको चर्को घाम, पूर्णिमाको जुन, झलमल बत्ती
पनि किन अन्धकार जस्तो लाग्न थाल्यो जिन्दगी
37
खोइ बाँचे पछि पो भेट हुने बाचा गर्नु पर्छ अब
अर्को जुनीमा खुसी पाउने आशा गर्नु पर्छ अब
जिउन निकै मुस्किल परिरहेको छ यो जिन्दगी
देखाउनका लागि खुसीको तमासा गर्नु पर्छ अब
38
जिन्दगी जलाउने पर्ने हो मन जलायौं
निको भएको मेरो घाउ झन् चलायौं
बिर्सिन लागेको थिएँ सारा जिन्दगी
तिमीमा तिमीले मनलाई अन्तै पलायौ
39
काठ जस्तै काटकुट पारी मिलाउन पाए हुन्थियो
बारम्बार दुख्ने घाउलाई सिलाउन पाए हुन्थियो
कती जिन्दगी सम्झँदै तर्पिएर बाँच्नु पर्ने हो बरु
एकै पटकमा सारा जिन्दगी जलाउन पाए हुन्थियो
40
एक पटक उठ्नु पर्छ जनता राम्रो मान्छे जिताएर
फलाम होइन नी हजुर मान्छे सुधार्नलाई पिताएर
भोट दिँदा थाहा पाएरै नै त्यही देश बेछुवलाई दिने
अनि कहा हुन्छ भनेजस्तो विकास मनले चिताएरl
यसपटक नयाँ युवाहरुलाई भोट दिन आबाहन गर्दछु
41
भोट दिएरै त होला विदेश जान पाएको हामीले
दुःख भोक्न होला औंलामा छाप लाएको हामीले।l
आखिर राहदानी पाउँछौं घर सोध्दा नेपाल भन्छौ
राहदानी बोकी विदेश जान पैसा खाएको हामीले
42
कयौ युवा राहदानी बोकेर पनि भोट हाल्न पाउनु पर्छ भन्छन् रे
जिताएर पिडाहरु भोगेर यो पटक राम्रो जिताउनु पर्छ भन्छन् रे
रातको निद्रा परिवारको जिम्मेवारीले मिचेको छ जबर्जस्ती र पो
विदेश आएको हो उडेर जिन्दगी देशमा बिताउनु पर्छ भन्छन् रे
43
आफू रोएर भएनि देशकै लागि धेरै भलो चिताएका छौं हामीले
हजारौं युवा सहिद पछि पो विदेशमा दिन बिताएका छौं हामीले
लाज लाग्नु पर्ने हो पटक पटक जनताका आखाँमा छारो हाल्न
देशले विकास हुन्छ भन्दै सारा जिन्दगी रिताएका छौं हामीले
44
गफैगफमा देशको झण्डा गुमाउने भए अब
फेरि 5 वर्ष त्यही हातले घुमाउने भए अब
सगरमाथा जस्तै उच्च नेपालीको पहिचान
त्यही पहिचान मट्टीमा चुमाउने भए अब
✍️✍️हेमराज महरा(आजको चुनावको विशेष हो है)
45
बर्सिन्छ आँखामा आँसु पानी सरी किन होला
बिर्सिन खोज्दा सम्झाउँछ घरिघरि किन होला
अरुको जिन्दगी देख्छु रङ्गी विरंगी भरिएको
आफ्नो जिन्दगी सँधै दुःख थरीथरी किन होला
खुसी आउँछ जिसकाउन मलाई थपिदिन्छ दुःख
सधैं घुम्नु पर्ने म मात्र दुःखको वरिपरि किन होला
45
46
मायाले मन् छुलान मलाई छारीदिनु
फेरि तस्बिर हेर्लान् मलाई गारीदिनु
अरुले नाम गर्दा याद आउन सक्छ
याद तस्बिर जलाएर माया मारिदिनु
47
जिन्दगीको गोरेटो कहिले रोड हुन्छं कहिले खोट
यात्रा सफलता भए अाहा नभए पछि चोटैचोट
कस्तो रहेछ यार जिन्दगी सबैले रमाइलो भन्छ
हरे कुन् बारीको परेछु मलाई मात्र दुःखको बोट
48
उसकै तस्बिर हेर्छु अझै आउँछ कि भनेर
फर्किएर घाउमा औषधि लाउँछ की भनेर
छोडेर हिँडेको मान्छे फर्किन्थियो नै किन्न
फर्कीदिए मनमा सितल छाउँछ की भनेर
49
लुकाइएको मनका पीडा जसरी खोल्नु पर्छ अब
धेरै भोकियो जिन्दगी अलिकति बोल्नु पर्छ अब
सधैं साथमा रहन्छ दुःख कहिले नताधिने भयो।।
रातदिन पसिना बगाएर खुसी मोल्नु पर्छ अब।।।
50
फूल जस्तै फुल्नु पर्छ अनि मजा हुन्छ
सधैं वरिपरि डुल्नु पर्छ अनि मजा हुन
प्रेम गरे पछि उसको होस्,विश्वासले
एकअर्कामा भुल्नु पर्छ अनि मजा हुन्छ
51
अब मर्छु झुण्डिएर तिम्रो घाँटीमा
मरे पनि नाम अमर हुन्छ छातीमा
देख्ने के भन्छन भनेर डराएको छौं
तिमीबिना मृत्यु अर्पण गर्छु रातिमा
52
सदाबार फूल जस्तै फुल्न पाए हुन्थियो
राजीखुसी जताटतै डुल्न पाए हुन्थियो
खोइ कुन शब्द भनौं निष्ठुरी मान्छेलाई
याद छोडने नामलाई भुल्न पाए हुन्थ्यो
53
असल नाता दुःखमा देखाउने हो
असल नाता डिलमा लेकाउने हो
दुनियाले त सधैँ जिज्याई रहन्छन्
जिज्याइनेको नजर छेखाउने हो
54
हिजो प्रश्न सोध्ने त्यही व्यक्ति आज साथमा हिड्दै छ
विश्वासले जिताएको किन नेताको काधमा हिड्दै छ
बुझ्ने नसकिने भयो यो राजनीति भने कस्तो खेल हो
खोइ जनताकै सेवा गर्छु भने पनि औकाटमा हिड्दै छ
55
तिमि छौ र पो हो ढुकढुकी चलेको छ सानु
हाँसेर बोल्छौ अनि अनुहार बलेको छ सानु
तिमी जता जान्छौ उतै जान्छ यो मन पनि
यो सारा जिन्दगी तिमीतिरै ढलेको छ सानु
56
बिर्सिन सक्ने कहिले सच्चा प्रेम हुँदैन
समय विताउन प्रेम गर्ने कहिले रुदैन
याद गर्नु महोदय प्रेममा विश्वास हुन्छ
साँचो माया गर्नेले हजुर शरीर छुँदैन
57
तिमी भन्थेउ मूल्य हुनु पर्छ जिन्दगीको देख्ने आँखा गुमेको छ
प्रेम बचाउन पाउँ छुनु पर्छ हेर्ने नजारसँगै टेक्ने खुट्टा गुमेको छ
केही गरी बचाउन सक्दिन हाम्रो प्रेम सच्चा किन नहोस् सम्बन्ध
शब्द देख्न हात हुनु पर्छ मेरो संग चिठ्ठी लेख्ने हात गुमेको छ
58
खुसी भन्दा धेरै जीवनमा दुःख भेटाए
जिउने चाहना संगै आफ्नै खुसी मेटाए
नचाहेरै खुसी बाँड्न पुगेछु उसका सामु
खुसी बाँडे रत झन् आफ्नै घाती रेताए
59
60
संघर्ष एक्लै गर्नुपर्छ सफलतामा हजारौं भेटिन्छन्
अलिकति धन छर्नुपर्छ दुःखका दिन सबै मेटिन्छन
पैसा नहुँदा पो एक्लै भइन्छ पैसा भए दुनिया छ
गरीब हुँदा एक्लै मर्नुपर्छ धनिहुदा गर्धन रेतिछन्न
61
आफै भन तिमी झण्डा उठाउँदै हिनेलाई
दोष किन दिन्छौ पैसामा शरीर किनेलाई
हरे आफै चिन्न पर्छ माया र स्वार्थ भने
नारीले बुझ्नु पर्छ रूप र स्वार्थ विनेलाई
62
दुःख गरेर भएपनि जिन्दगी जिएको छु हेर
राम्रो जस्तै अनुहारमा खुसी लिएको छु हेर
सबै अङ्ग कुशल भयर पनि के गरेको छस्
अपाङ्ग भएर पनि जिन्दगी दीएको छु हेर
63
के लडेको थियौ दुनिया कुरा कट्न पछि हटेनन्
जीवनको भिक माग्दा खुसी साट्न पछि हटेनन्
पीडा सबैलाई हुन्छ दुःख देख्दा रमाउने बानी छ
अलिकति के ढल्थियौ र गफ छाटन पछि हटेनन्
64
65
डोकोमा भारी काडमा जिम्मेवारी बोकेको छिन् आमाले
सन्तान खुसी बनाउन कयौ दुःख भोकेको छिन् आमाले
रात दिन भोको पेट बसेर खान जुताउनेलाई सलाम छ
हाम्रै लागि जिन्दगीका सारा आँसु रोकेको छिन् आमाले
66
खै अनुहार हेर्यौ की धन भेट्नै छाड्यौ त माया
तिम्रै पर्खाइमा छ जीवन भेट्नै छाड्यौ त माया
सायद अर्कै पाएर त होला नि बेवास्ता गरेको
कस्लाई सोचौं आफ्नोपन भेट्नै छाड्यौ त माया
67
बानी जवानी कहानी, खानी
सधैं रातमा यात्रा गर्ने बानी परेको छ
दिमागमै मूर्खताको जवानी परेको छ
बुझ्नेलाई राम जस्तो बन्न सकिन्छ
नबुझ्नेलाई रावणको खानी परेको छ
68
आफ्नै सम्झी विश्वास गर्नाले त रुनु पर्यो सानु
हँसिलो अनुहार नी आज आँसुले धुनु पर्यो सानु
कहिले तिम्रो बाहेक अरु कसैको हुदैँन भन्थियौं
आज आखिर ढोका दियौ अर्कैको हुनु पर्यो सानु
69
संघर्ष गर्नै पर्छ आज नै गरिएला छुट्टै कुरा हो
भोलि मर्नै पर्छ आज नै मरिएला छुट्टै कुरा हो
गोर्खाली हो हिम्मत कहिले हारदैनौ बरु मर्छौ
असफलताले थोरै पछि परिएला छुट्टै कुरा हो
70
देशको झण्डा यी हातमा छ
ठूलो जिम्मेवारी काधमा छ
अरुले के भन्छ थाहा छैन
देश प्रति माया साथमा छ
71
स्वर्गको परी
धर्तीमा झरी
को हो यति
राम्रो सुन्दरी
72
फूल टिपेर दिउँला नी
संगै जीवन जिउला नी
मर्ने र बाँच्ने के भर भो
मिलेर रक्सी पिउँला नी