1
चित्र बिचित्र अनौठो पन बनाउँछ मान्छेहरू
हरेकसंग स्वार्थ लुट्न पो रमाउँछ मान्छेहरू
मिठा कुरा गरेर सजिलै प्रेमको जगाउँछन्
प्रेमको आभास नपाउँदै धपाउछ मान्छेहरू
टाढैबाट गए हुने थियो देखाउन नजिकिन्छन्
झुट्टा भ्रम फैलाउन किन आउँछ मान्छेहरू
कयौ झुट्टा कहानीहरू बनाउँछ जिन्दगीलाई
कहानीलाई पनि विश्वास दिलाउँछ मान्छेहरू
भाग्यमा खुसी नभएको 'अभागी ' परियो नी
म दुःख गर्छु, खुसी गुण गुनाउँछ मान्छेहरू
2
मती बिग्रियो की गति पहिचान गाह्रो भयो अचेल
यो हिँडिरहेको बाटोमा नि जान गाह्रो भयो अचेल
कस्तो देश छ कस्तो स्वार्थ छ जताततै भ्रस्टचार
इमान्दारले मेहनत गरेर खान गाह्रो भयो अचेल
जताततै धन र आफ्नो हालेका छन् कानुन छैन
सत्तामा कोई नभए जागिर पान गाह्रो भयो अचेल
देश बेच्ने देश द्रोही बिरामी भत्ता खाइरहेका छन्
यहाँ जनतलाई अस्पताल लान गाह्रो भयो अचेल
पैसा भए सबैले राम राम गाउँछन् कस्तो हो यो
धनको अन्तरले देख्न समान गाह्रो भयो अचेल
गरीब र इमानमा मात्र कानुन लाग्छ, बेकार छ
अब न्यायको पाउन गुणगान गाह्रो भयो अचेल
3
कयौ बाधा हुन्छ डटेर सामना गर्नु पर्छ जस्तो छ
केही गर्न खोज्दा आफै दोधार पर्नु पर्छ जस्तो छ
के भर भयो यो मान्छे र जिन्दगीको कति चल्छ
जति चल्छ जिन्दगी अब रंग भर्नु पर्छ जस्तो छ
कती सधैं दोधरपनले चलाउनु हजुर जिन्दगी पनि
अब एकपटक खुसी अनुहारमा छर्नु पर्छ जस्तो छ
नभएकै यो जिन्दगीमा एउटा खुसी नत हो हजुर
त्यही खुसी खोज्न सहरतिर झर्नु पर्छ जस्तो छ
यो अभागी हरुको भाग्य हुने सहर खोज्दै छु
भेटिए पछि सहरतिर बसाई सर्नु पर्छ जस्तो छ
4
आफैसँग हास्न सिक्नु पर्छ दुनिया त्यसै हाँस्ने भइदिन्छ
दुःख लुकाएर बाँच्न सिक्नुपर्छ दुनिया बास्ने भइदिन्छ
एक पटक झुट लुकाएर मुसुक्क मुस्कुराई दिनुहोस त
खुसी रहेछ भनी गिराउन त्यही सम्बन्ध गाँस्ने भइदिन्छ
सम्बन्धमा विश्वास गरे जस्तो गर्नुहोस अनि थाहा हुन्छ
बिस्तारै हजुरको अथिट खोल्दै जिन्दगी मास्ने भइदिन्छ
उसको नाटक लुकाएर हिड्नु होस् अझै केके देख्नुहुन्छ
हजुरको जिन्दगी लिलामी गरी जिन्दगी साँच्ने भइदिन्छ
5
हेर्न झुट माथि झुट बोल्न कति जानेकी छ उसले
सत्यता नभएर नै त होला लाज मानेकि छ उसले
मिठो बोल्दैमा कहाँ प्रेम हुन्थियो र धोकेबाजलाई
हिजो मलाई आज अर्कैलाई प्रेम ठानेकी छ उसले
कस्तो प्रेम गर्छन् अचेल जोडीहरु बुझ्न सकिएन
सीताको रूप रावणको चरित्रले धानेकी छ उसले
सुनाउँदा मीठा कुरा गर्छन, भित्रभित्रै लडिरहेका
जोडीहरु के झगडा गर्न सम्बन्ध बानेको छ उसले
6
सोध्यो भन्दैमा कहानी नसुनाउनु सबै एकै हुन्न हजुर
जति आफ्नो देखाए पनि आमा बा जस्तो रुन्न हजुर
तिम्रो लागि पीडामा आँसुले मुख धुने बाआमा मात्र हो
तिमीसँग मीठा गफ गर्दै समय काट्नेहरूले धुन्न हजुर
आँखाको आँसुले खाडी जमिन सिंचाई होला बरु तर
रुदा किन रोको भनी तिमी बाहेक कसैले छुन्न हजुर
तिमी पीडा देखाएर रात दिन रुने गर कोई रुने छैन
पीडा देखेर खुसी होला तर आखामा आँसु चुन्न हजुर
अभागी भए पनि के भयो र जिन्दगीमा मेरो जीवनमा
सबै चिज कुन्छ तर मुटुमा लागेको चोट कुन्न् हजुर
7
जति चोट दिन्छ लगातार सहने बानी परेर होला
गरेको मेहनत खेर गएको सबै पानी परेर होला
सधैंभरि सफल मान्छे बन्न खोजे कहिले भयन
सायद उमेरको सोचमा भिन्न जवानी परेर होला
खोट त्यो उमेरको होइन भन्छन् मान्छेहरू सदैव
त्यसो भए जिन्दगीमा दुःखका खानी परेर होला
जसले पनि जिन्दगी हेरेर हिँड्छ के फरक छर
मेरो जिन्दगीमा त्यस्तो त्यही कहानी परेर होला
अभागीको जिन्दगीमा कहा खुसी भेटिन्छ त
समयले पनि यति छल गरेको ज्ञानी परेर होला
8
प्रेम साँचो र निस्वार्थ हुनु पर्छ, आफै दरबार बन्छ हजुर
एकअर्कामा विश्वास हुनुपर्छ, राम्रो घरबार बन्छ हजुर
कुरा काट्नेले काट्दै गर्छन, कसले पो भन्छ र राम्रो त
सहनशील भएर हिदिई भने, आफैमा तरबार बन्छ हजुर
हरेकको सोच गलत छ, दुनिया आफैमा हानाहान छ
जबर्जस्ती जिउन सिक्नुपर्छ, खुसी हरबार बन्छ हजुर
9
कहिले मार भन्छ, कहिले नमार भन्छ, बुझ्न गाह्रो भयो
आफ्नै मन मस्तिष्क दोधार पर्ने जिन्दगी अप्ठ्यारो भयो
आउँछन् केही पल हसाउँछन्, बीचैमा रुवाएर जान्छन्
अब त बुझ्न पर्यो भन्दै पाउँ पर्दा धेरैको तगारो भयो
कसैको खास बन्न सकिएन, मेरो हो त भन्न सकिएन
जति चल्छ चलाउँछु भन्दा, यो जिन्दगी नै छेपारो भयो
उ मिठो बोलेको देख्यो कसरी, म पनि त बोल्छु त्यसरी
फेरि भन्छन् कति रुखो बोली, किन बोलीमै छारो भयो
भाग्य मै अनौठो खोट भएको 'अभागी' मान्छे होला म
त्यसैले इमान्दारिता नि छिटै बिल्ने धातुको पारो भयो
10
आगो अगेनामा बाल्नुपर्छ, तिमी मुटुमा बाल्दै छौं
जानी जानी नजिकिएको हौ किन टाढा फाल्दै छौं
कहिले काँही त गल्ती हुन्छ, तर तिमी त जानेर
गल्ती लुकाउन झुट माथि झुटको छारो हाल्दै छौं
विश्वास दिलाएर के गर्छौ, मुटुमा छुरा हाने भए
भनिदेऊ बेकार झूटा प्रेमको चाल किन चाल्दै छौं
धेरै भयो अब त, सत्य बोल्न सिक कति चल्छ हा
बेकारमा भ्रम माथि भ्रमको मानवता किन पाल्दै छौं
11
कहिले कता हिदेऊ कहिले कता कहिले बुझेनौ मनका भावना
आफैमा राजतन्त्र चलायौं तिमी कहिले सोधेनौ मनका भावना
म तिमीमा हराई रहे सधैं, तिमी फुर्सदमा पनि हालचाल पुछेनौ
खोइ के भनौं, डुल्दा डुल्दै थाके बुझ्न खोजेनौ मनका भावना
अति दौडायौ तिमी वरिपरि के घमण्ड गर्छौ प्रियजन आखिर
जलेर तिमी पनि खरानी हो, चाहेर नी पुछेनौं मनका भावना
वर्षातको झरीमा जस्तै प्रेममा रुझे, तिमीलाई रुझ्न आएन
सोध्नु छ प्रश्न मात्र तिमीलाई किन रुझेनौं मनका भावना
मनका भावना बहर जस्तै बनेका छन्
आफ्ना पनि जहर जस्तै बनेका छन्
जति गर्यो कहिले नहुने रहेछ जिन्दगी
सपनाहरु त सहर जस्तै भनेका छन्
जिउन जबर्जस्ती पर्ने भयो सुख छैन
दुःखहरू त रहर जस्तै बनेका छन्
जिन्दगी चलाउँदै छु दुःख सबै भोगेर
आँसुका पो नहर जस्तै बनेका छन्
अटल मुटु छियाछिया भएर हलेको छ
आफैसित पो मनमुटु छुटेर चलेको छ
जति निभाउन खोज्छु जलाउने पीडा
के भएको आगो सरी पीडा बलेको छ
जिउन मन खुसी हुनुपर्छ, मन जलेर
जिन्दगी जिउने सबै आशा ढलेको छ
हेर्दा सामर्थ्य बचे जस्तो देखिए पनी
भित्रा भित्रै मनको आत्मा गलेको छ
जब अलिकति धन कमाउनु पर्छ जल्छ यहाँ।
सफल हुनुपर्छ पानीमा पनि आगो बल्छ यहाँ
बलेको आगोले नजलेको एउटा जिन्दगी त हो
पापीलाई मन पीडामा पनि हासोले छल्छ यहां
यो मनमा आगो बलोस्,जीवनमा धन फलोस
गरिबीहरुको जिन्दगी दुःख पीडाले चल्छ यहाँ
धनी महल सजाउन लाग्दा गरीब कामकाज
गरीबले सपना देख्दा देख्दै उमेर ढल्छ यहाँ
धनीले महल रातारात बनाएर सक्छन् भने
गरीबले पैसा जम्मा गर्दा गर्दै नोट गल्छ यहां
गजल
खोजेर पनि जिन्दगीको टुंगो भेटाउन सकिन
सधैं झल्काउने यादका पल मेटाउन सकिन
जिन्दगी न हो नमरुन्जेल सम्झनु पर्ने रहेछ
सम्झाउने तस्बिर डिलबाट लखेटाउन सकिन
कति भयो जिन्दगी चालेको कदमहरू जारी छ
बीच बीचमा आउने बाधाहरू रेताउन सकिन
जति संघर्ष गर्यो त्यति मजबुद बन्छ रे जिन्दगी
सायद त्यसैले त होला यो मन चेताउन सकिन
हेमराज महरा
अभावै भएर त होला जिन्दगी अपुरो भएको
बारम्बार देख्छु आफै जिन्दगी अधुरो भएको
यहाँ कसले देख्छ भित्री मनको बेदनाहरुलाई
कोई नदेख्ने भएर होला सायद टुहुरो भएको
भन्छन् मान्छेहरू सेवा नै धर्म कहाँ छ अचेल
सबैलाई थाहा छ त्यो धनीहरूको कुरो भएको
गरीबले गर्दा खाते हुन्छ धनीले गर्दा सेवा भन्छन्
सायद त्यसैले होला गरिबका लागि छुरो भएको
तिमी नै त है प्रिय जीवनमा राम बनाउने
अहिले आएर फेरि किन बदनाम बनाउने
स्वार्थ नै थियो भने बोल्नु पर्थियो नी पहिले
जिन्दगी दिन्छु भनेर आज बेकाम बनाउने
परिस्थिति अनुकूल भयो भनौं पनि कसरी
आफैले हो तिमी मलाई छेउ छाम बनाउने